पराशरले मनायो ३१ औ वार्षिकोत्सव
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    पराशरले मनायो ३१ औ वार्षिकोत्सव

    खबरपुञ्ज संवाददाता

    १४ माघ २०७९, आईतवार

    दमौली । व्यास नगरपालिका- ५ पाटनस्थित पराशर माध्यमिक विद्यालयले आफ्नो स्थापनाको ३१औं वार्षिकोत्सव सम्पन्न गरेको छ। व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले शनिबार उक्त कार्यक्रमको उद्घाटन गर्दै विद्यालयले शैक्षिक गुणस्तरमा खेलेको भूमिकाको प्रशंसा गरे ।

    उनले विद्यालय अनुशासन तथा शैक्षिक गुणस्तरमा व्यासनगरपालिकाकै नमुना विद्यालय बन्ने विश्वास व्यक्त गर्दै विद्यालयमा समयअनुकुल प्रविधिमैत्री शिक्षा प्रदान गर्नका लागि थप प्रयास गर्नुपर्ने विचार व्यक्त गरे।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उषा क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयमा झण्डै २५वर्ष प्रधानाध्यापकको रुपमा कार्यरत विद्यालयका निवर्तमान एवं संस्थापक प्रअ हेम पौडेललाई सम्मान गरिएको थियो।

    विद्यालयलाई छात्रवृत्ति लगायत अन्य कार्यमा सहयोग गरेको भन्दै पोखरा नगरपालिका चाउथे निवासी हाल ब्रिटिस सेनामा कार्यरत विनोद श्रेष्ठ, रु १ लाख ७हजार ७७८रुपैयाँको अक्षयकोष स्थापना गर्ने हेम उषा गरिब तथा जेहन्दार छात्रवृत्ति अक्षयकोषका र संस्थापक हेम पौडेल तथा उषा क्षेत्री, उस्मान फाउन्डेसनका प्रतिनिधि सलीम मिया,खेमबहादुर अक्षयकोष संस्थापक खेम बहादुर रानाभाट, सरस्वती पुस्तक पसल दमौलीका संस्थापक प्रोपाइटर रामभक्त रानाभाट, विद्यालयका पूर्व शिक्षक परशुराम गिरी लगायतलाई सम्मान गरिएको थियो ।

    विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले ६२ लाख बराबरको आय व्यय तथा करिब तीन करोड ३५ लाखको अनुमानित आयव्ययको विवरण प्रस्तुत गरे ।