बेलायतमा नेपाली विद्यार्थीको संख्या बढ्दै, विद्यार्थीलाई कोठा पाउन सास्ती
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    बेलायतमा नेपाली विद्यार्थीको संख्या बढ्दै, विद्यार्थीलाई कोठा पाउन सास्ती

    राजेन्द्र परियार

    १५ माघ २०७९, आईतवार

    लण्डन । पछिल्लो समय नेपालबाट विद्यार्थी भिषामा बेलायत आउने नेपालीको संख्यामा वृद्धि भएको छ । कोरोना महामारी र लकडाउनपछि वातावरण सहज भएसँगै सयौंको संख्यामा नेपाली नेपालबाट बेलायत आएका हुन् ।

    बेलायतको विभिन्न शहरहरु लन्डन, बर्मिङ्घम, म्यानचेस्टर, स्कटल्याण्ड, योर्क, लीड्स आदिमा अहिले नेपाली विद्यार्थीको संख्या बढेको छ । बेलायतमा कोरोना महामारीपछि आर्थिक संकट र महंगी बढ्दो रहेको छ । सोही समस्यालाई टार्न अहिले विश्वभरबाट अधिकतम मात्रामा विद्यार्थीलाई भित्राएको छ ।

    बेलायतमा कोठा पाउन विद्यार्थीले निकै सास्ती खेप्नु परेको छ । छोटो समय बस्ने र कोठाको हेरचाह नगर्ने भएकाले विद्यार्थीलाई कोठा पाउन दुख भएको बताइन्छ । यस्तै नेपालबाट बेलायत आउने विद्यार्थीहरुले पूर्व तयारी बिना आउने गरेकाले समस्या खेप्नु परेको नेपाली समाजसेवी वीरेन्द्र नेपालले बताए ।

    उनले भने, ‘नेपालबाट विद्यार्थी भिषामा आउनेले कम्तीमा पनि दुईदेखि तीन महिनासम्म व्याकअप हुने गरी आउनु पर्छ यहाँ आउने बित्तिकै काम पाईदैन उहाँहरु केही अध्ययन नगरी आउनुहुन्छ जसका कारण यहाँ आएर समस्या आउछ।‘

    यस्तै अर्का नेपाली मन्दिप केसी भन्छन्, ‘नेपालबाट यहाँ आउँदा पहिलानै कोठा बुक गरेर आउनुपर्छ यहाँ कोठा पाउन निकै कठिन हुन्छ ।’ नेपालको कन्सल्टेन्सीले विद्यार्थीलाई कोठाको बुक गरेर नै पठाउनुपर्ने उनको भनाई छ । कन्सल्टेन्सीले विद्यार्थीलाई भिषा आउँदासम्म सहायता गर्ने र पछि सबै कुराको व्यवस्था नगर्दा धेरैले दुख विद्यार्थीले दुख भोग्नु परेको छ ।