आइतबार आगोले जलेकी महिलाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आइतबार आगोले जलेकी महिलाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७९, सोमबार

    पोखरा । पोखरामा आइतबार आगोले जलेकी पोखरा महानगरपालिका—१३ काँहुखोलाकी संगीता सापकोटाको मृत्यु भएको छ । आइतबार बिहान सापकोटा र उनको घरमा स्टेसनरी पसल सञ्चालन गर्ने ४५ वर्षका कृष्णबहादुर क्षेत्री आगोले जलेर घाइते भएका थिए ।

    सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा सोमबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी निरीक्षक (डिएसपी) सुभाष तिमिल्सिनाले बताए । घाइते पुरुषको भने उपचार भइरहेको तिमिल्सिनाको भनाइ छ ।