गृहजिल्ला आउँदै सांसद श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    गृहजिल्ला आउँदै सांसद श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७९, बुधबार

    दमौली । नेकपा एकीकृत समाजवादीका नेता एवं प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसान गृहजिल्ला तनहुँ आउने भएका छन् । विभिन्न कार्यक्रममा सहभागी हुन सांसद श्रेष्ठ तनहुँ आउन लागेका हुन् ।

    बारा-४ बाट निर्वाचित श्रेष्ठ सांसद भएपछि पहिलो पटक जिल्ला आउन लागेका हुन् । बिहीबार भानु नगरपालिकाका विभिन्न ठाउँका कार्यक्रममा श्रेष्ठ सहभागी हुनेछन् । त्यस्तै पार्टी कार्यालय दमौलीमा आयोजना हुने कार्यक्रममा पनि सांसद श्रेष्ठले सहभागिता जनाउने पार्टीका जिल्ला अध्यक्ष श्रीराम कार्कीले बताए ।