रवि लामिछानेले भने – मेरो मौनता आजसम्म मात्र हो, म अभिमन्यु होइन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    रवि लामिछानेले भने – मेरो मौनता आजसम्म मात्र हो, म अभिमन्यु होइन

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७९, बिहीबार

    काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू अभिमन्यु नभएको बताएका छन् । नागरिकता प्रकरणमा दोषी ठहर भई गृहमन्त्री र सांसद पद गुमाएका लामिछानेले बिहीबार सामाजिक सञ्जालमार्फत् त्यस्तो बताएका हुन् ।

    उनले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् । उनले भनेका छन्, ‘अब मलाई भन्न बाँकी,गर्न बाँकी, लेख्न बाँकी केही भए भनीहाल्नुहोला, गरीहाल्नु होला, लेखिहाल्नु होला। मेरो मौनता आज सम्मका लागि मात्रै हो। म अभिमन्यु होइन।’