हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै भत्ता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै भत्ता

    खबरपुञ्ज संवाददाता

    २४ माघ २०७९, बुधबार

    दमौली । तनहुँको बन्दीपुर गाउँपालिका-१ ले हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरेको छ । वडाभित्रका वृद्धवृद्धा तथा बिरामी भई हिँडडुल गर्न नसक्ने ज्येष्ठ नागरिकलाई वडा कार्यालयले घरमै पुगेर भत्ता वितरण गरेको हो ।

    वडा अध्यक्ष शिव कुमार श्रेष्ठ, वडा सदस्य रोशनी बराकोटी राउत, मुक्तिनाथ विकास बैंक लिमिटेड डुम्रेका शाखा प्रमुख ईश्वर सापकोटा र बैकका अपरेशन ईन्चार्ज सन्देश पौडेल सहितको टोलीले घर-घरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो । घरमै भत्ता ल्याइदिएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् ।

    चुनावमा असक्त अपाङ्गता भएकालाई घरमै गएर भत्ता वितरण गर्ने प्रतिबद्धता जनाएको र अहिले पूरा गर्न पाउँदा खुशी लागेको वडाअध्यक्ष श्रेष्ठले बताए। अर्को पटक सबै अशक्त, अपाङ्गता र बिरामीहरुको सूची तयार गरी भत्ता समयमै घर-घरमै उपलव्ध गराउने उनले बताए ।

    ‘अशक्तहरु हिँडेर भत्ता लिन आउन नसक्ने भएकाले उहॉहरुको सहजतका लागि घरमै पुगेर दिएका हौ,’ उनले भने ।

    वडाभित्रका २२ जना अशक्त अपाङ्गता भएकामध्ये ७ जनालाई बुधबार घरमै पुगेर भत्ता वितरण गरिएको छ ।