व्यास नपाले भन्यो – नगरपालिकाभित्र सिर्जना भएको समस्या समाधानमा प्रतिबद्ध छौ (विज्ञप्ती सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    व्यास नपाले भन्यो – नगरपालिकाभित्र सिर्जना भएको समस्या समाधानमा प्रतिबद्ध छौ (विज्ञप्ती सहित)

    खबरपुञ्ज संवाददाता

    २८ माघ २०७९, आईतवार

    दमौली । व्यास नगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीबीचको टकरावले उत्पन्न समस्या समाधानका लागि प्रयास गरिएको बताएको छ । नगरपालिकाले आइतबार विज्ञप्तीमार्फत् नगरपालिकामा सिर्जना भएको समस्या समाधानका लागि प्रयास गरिएको जनाएको हो ।

    प्रवक्ता जीवन गुरुङद्वारा जारी विज्ञप्तीमा भनिएको छ, ‘नगरपालिका भित्र सिर्जना भएका समस्याहरु समाधान गर्न नगर कार्यपालिकाका जनप्रतिनिधिहरुमा ऐक्यबद्धता रहेको र विभिन्न आधारमा प्रयासहरु भइरहेको सम्बन्धित सबैमा अनुरोध छ, साथै सबैलाई संयमित भई आम नगरवासीको सेवामा लाग्न अनुरोध गर्दछौ ।’

    नगरपालिकामा कार्यरत सबै तहका कर्मचारीहरुको सम्मान, सुरक्षा र स्वाभिमानको रक्षा गर्ने दायित्व नगरपालिकाको भएको उल्लेख गर्दै विज्ञप्तीमा भनिएको छ, ‘हामी एक्काइसौं शताब्दीमा छौ र सबैले सबैका प्रति मानवीय आधारमा सम्बन्ध राख्न जरुरी छ । आफ्ना बोली, वचन र शैलीले सिर्जना भएको समस्यालाई सिंगै संस्थाका प्रतिको नियत भनि मनगढन्ते टिप्पणीहरु गरिनु दुःखद पक्ष हो ।’

    व्यास नगरपालिका भित्र घर नभएका कर्मचारीहरुलाई काम विशेषका आधारमा दिइएको घरभाडा, अतिरिक्त सुविधाहरु पुर्नविचार गर्न २०७९ असार महिनामा भएको नगरसभाबाट कटौती गरी सकिएको जनाइएको छ ।