गैडाकोट मेयर क्रिकेट कप : तनहुँ फाइनलमा, उपाधिका लागि चितवनसँग भिड्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    गैडाकोट मेयर क्रिकेट कप : तनहुँ फाइनलमा, उपाधिका लागि चितवनसँग भिड्ने

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दमौली । गैडाकोटमा जारी गैडाकोट मेयर कप क्रिकेट प्रतियोगितामा तनहुँ फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको खेलमा नवलपुरलाई पराजित गर्दै तनहुँ फाइनल प्रवेश गरेको हो ।

    नवजागरण ग्रामीण विकास केन्द्रको आयोजनामा सञ्चालित प्रतियोगिताको फाइनलमा तनहुँले चितवनसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल खेल सोमबार हुनेछ ।

    तनहुँले यसअघि बागलुङलाई ७ विकेटले हराउदै सेमिफाइनलको यात्रा तय गरेको थियो ।

    जिल्ला क्रिकेट संघ नवलपुर र गण्डकी प्रदेश क्रिकेट संघको प्राविधिक सहयोग र गैडाकोट नगरपालिका प्रवद्र्धक रुपमा रहेको प्रतियोगितामा कुल ८ टोली सहभागी छन् ।

    प्रतियोगिताको विजेताले २ लाख नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् भने उपविजेताले १ लाख ५० हजार नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।