डुम्रीवेशीमा शिवरात्री महोत्सव हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    डुम्रीवेशीमा शिवरात्री महोत्सव हुँदै

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०७९, बिहीबार

    दमौली । तनहुँको भिमाद नगरपालिका-१ डुम्रीवेशीमा शिवरात्री महोत्सव हुने भएको छ । महाशिवरात्री पर्वको अवसर पारेर तीन दिने महोत्सव हुन लागेको हो ।

    डुम्रीवेशी शिवरात्री महोत्सव व्यवस्थापन समितिका संयोजक दयाराम श्रेष्ठका अनुसार यस क्षेत्रको शिक्षा, स्वास्थ्य, कृषि, जैविक विविधता, पर्यटन, खेलकुद, व्यापार व्यवसाय प्रबर्धन एवं स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्धेश्य सहित महोत्सव आयोजना गरिएको हो ।

    फागुन ५-७ सम्म सञ्चालन हुने महोत्सवमा पुरुष भलिबल प्रतियोगिता, कृषि प्रदर्शनी लगायत रहने आयोजकले जनाएको छ ।