ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ग्यास सिलिन्डर विस्फोट हुँदा कांग्रेस नेता भण्डारी घाइते

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०७९, बिहीबार

    काठमाडौ । खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते भएका छन् ।

    गए राति बुद्धनगरस्थित आफ्नै निवासमा ग्यास सिलिन्डर विस्फोट भएपछि नेता भण्डारीसँगै उनकी आमा ८६ वर्षीया हरिकलासमेत घाइते भएकी छन् ।

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर विस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । उनी गए राति नै उक्त अस्पताल पुग्नु भइ नेता भण्डारी र उनकी आमाको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।