महाशिवरात्री पर्वमा होमनको आयोजना गरिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    महाशिवरात्री पर्वमा होमनको आयोजना गरिने

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७९, शुक्रबार

    दमौली । वेदव्यास वैद्धिक सनातन धर्म शास्त्र अनुसन्धान प्रतिष्ठानले महाशिवरात्री पर्वका अवसरमा होमनको आयोजना गर्ने भएको छ । विगतका वर्षहरुमा जस्तै प्रतिष्ठानले यस वर्षको महाशिवरात्री पर्वको अवसरमा व्यास नगरपालिका–२ स्थित प्रतिष्ठानको केन्द्रीय कार्यालय र व्यास नगरपालिका–१ गल्वुवेशीस्थित बालरुद्र शिवालय पञ्चायन मन्दिरमा ध्यान तथा होमन गर्न लागेको हो ।

    प्रतिष्ठानले बडागुरु वेदव्यासको जन्म तथा तपोभुमि मादीसेती नदीको सङगम्, करापुटार स्थित इशानेश्वर महादेव लगायतका स्थानहरुमा पनि विगतमा महाशिवरात्री पर्व मनाउँदै आएकामा यस वर्ष आफ्नै आश्रम र गल्वुवेशी स्थित बालरुद्र शिवालयमा ध्यान तथा होमन विधि गर्न लागेको प्रतिष्ठानका अध्यक्ष ध्यानाचार्य सद्गुरु खेमराज अधिकारीले जानकारी दिए ।

    वर्षभरी हुने १२ शिवरात्री मध्ये फागुन महिनाको कृष्ण चर्तुदशीमा पर्ने महाशिवरात्री पर्वलाई व्यासभूमिमा उत्सवको रुपमा मनाउँदै व्यास क्षेत्रलाई धार्मिक गन्तव्यका रुपमा प्रचार समेत गर्ने उद्देश्यले यस वर्षदेखि प्रचारात्मक अभियान सुरु गर्न लागिएको अधिकारीले बताए ।

    विशेष पर्वमा हुने यस्ता होमन तथा साधना योगका कार्यक्रमहरु देश विदेशबाट समेत प्रत्यक्ष प्रसारण मार्फत् भक्तजनहरु जोडिने गरेको संस्थाका प्रवक्ता सुदीप काफ्लेले बताए ।

    संस्थाले वेदव्यासको जन्मभुमिलाई केन्द्रमा राखेर आध्यात्मिक कार्यहरु गर्ने अभियानका रुपमा अन्य कार्यक्रमहरुसँग्ै यस वर्षदेखि विद्यालयहरुमा सकारात्मक सोच विषयक प्रशिक्षण कार्यक्रमहरु पनि सञ्चालन गर्दै आएको संस्थाका सचिव दीर्घ दरैले जानकारी दिए ।

    चन्द्र मासको चौधौँ दिन अर्थात् चन्द्र उदाउनुपूर्वको रातलाई शिवरात्री भनिन्छ । यस रात वैज्ञानिक रुपमै पनि पृथ्विको उत्तरी ध्रुव यस्तो तरिकाले रहन्छ कि पृथ्वीमा रहेका जीवहरुमा शक्ति अनि गुरुत्वाकर्षणको असाधारण बहाव रहन जाने प्रमाणित गरिएको छ । यसै आध्यात्मिक शक्ति, आकर्षण अनि जागरणलाई आफ्नो शरीरमा वहन दिनलाई शिवरात्रीमा जाग्राम वसी ध्यान, व्रत, साधना गर्ने सांस्कृतिक चलनलाइ बैज्ञानिक रुपमा व्याख्या गरिएको छ ।