दमौली । प्रजातन्त्र दिवसका अवसरमा तनहुँका तीन कैदीबन्दीले माफी पाएका छन् । सरकारको सिफारिस बमोजिम राष्ट्रपतिले तनहुँ कारागारका तीन कैदीबन्दीलाई माफी दिएकी हुन् ।
असल चालचलन र पचाश प्रतिशत सजाय भुक्तान गरेका कैदीबन्दीलाई रिहा गर्नका लागि कारागारले सरकारलाई सिफारिस गरेको थियो ।
तनहुँ कारागारका निमित्त प्रमुख नारायण अधिकारीका अनुसार माफी पाएका तीन जना रिहा भएका छन् । दुई जना सवारी ज्यानका र एक जना बहुविवाह मुद्धाका रिहा भएका छन् ।