दमाैली । नेकपा एमाले तनहुँकाे स्ववियु निर्वाचन कार्यदलकाे बैठक बुधबार सम्पन्न भएकाे छ । नेकपा एमाले जिल्ला कमिटी उपसचिव एवं माेर्चा संगठनका प्रमुख खिमबहादुर कुमालकाे अध्यक्षतामा बैठक सम्पन्न भएकाे हाे ।
अनेरास्ववियुका नवनिर्वाचित केन्द्रीय कमिटी सचिव प्रकाश पौडेलको विशेष उपस्थितिमा बुधबार सम्पन्न बैठकले पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलको संयोजकमा नेकपा एमाले तनहुँका उपसचिव एवं मोर्चा सङ्गठनका प्रमुख खिमबहादुर कुमाल रहेका छन् । कार्यदलको सदस्यमा रिता ढकाल, आरके पोख्रेल, गोविन्द महत र महेन्द्र श्रेष्ठ रहेका छन् ।
बैठकले स्वयंसेवी अभियान र स्ववियुमा अखिल अभियान सञ्चालन गर्ने निर्णय गरेको अनेरास्ववियुका गण्डकी सचिव आरके पोख्रेलले जानकारी दिए ।