दमौली । तनहुँको व्यास नगरपालिका-१४ स्थित प्रसिद्ध छाब्दीवाराही मन्दिरमा एक वर्षको अवधिमा तीन लाख भक्तजन पुगेका छन् । मनले चिताएको पूरा हुने विश्वासका साथ छाब्दीमा विभिन्न जिल्लाबाट भक्तजन आउने गरेका छन् ।
गत आर्थिक वर्षमा तीन लाख भक्तजनले छाब्दीमा दर्शन गरेको छाब्दीवाराही विकास कोषका अध्यक्ष प्रेम थापाले जानकारी दिए ।
मन्दिरमा तीन जना मगर जातिका पुजारी रहेका छन् । यहॉ साउन, एकादशी र औशी बाहेकका दिनमा बली चढाइने गरिन्छ ।