मलेसियामा नेपाललाई दिइयो साहसिक खेलमा प्रथम मुलुकको अवार्ड
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    मलेसियामा नेपाललाई दिइयो साहसिक खेलमा प्रथम मुलुकको अवार्ड

    खबरपुञ्ज संवाददाता

    १३ फाल्गुन २०७९, आईतवार

    मलेसिया । मलेसियामा आरएनए मिडिया ग्रुपले गरेको स्वतन्त्र अध्ययनबाट नेपाल एशियामै साहसिक खेल गतिविधिमा ‘प्रथम मुलुक’ घोषित भएको छ । आरएनए मिडिया ग्रुपले गरेको अध्ययनबाट प्राकृतिक सम्पदा, जलस्रोत र भौगोलिक विविधतामा सम्पन्न नेपाल साहसिक खेलको सम्भावनाका दृष्ट्रिले एशियाली मुलुकमध्ये ‘शीर्ष दश’ भित्र पर्दै प्रथम मुलुक घोषित भएको हो ।

    मलेशियाको राजधानी क्वालालम्पुरमा आयोजित समारोहमा मलेसियाका लागि नेपाली राजदुत डिल्लीराज पौडेलले अवार्ड ग्रहण गर्दै साहसिक खेलका लागि नेपालमा उपयुक्त स्थानहरु र
    अनुकुल मौसम रहेको बताए । साहसिक खेलका लागि आवश्यक पर्ने पूर्वाधारहरु प्राकृतिक रूपमै बनेको चर्चा गर्दै उनले मौलिक कला, संस्कृति र सम्पदामा पनि नेपाल पर्यटनको प्रशस्त सम्भावना बोकेको मुलुक रहेको बताए ।

    समारोहमा सञ्चारकर्मी, चलचित्र निर्माता, पर्यटन व्यवसायी, साहसिक खेलाडीहरुको सहभागिता थियो ।