एक वर्षपछि आज रिहा हुँदै पल शाह
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एक वर्षपछि आज रिहा हुँदै पल शाह

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७९, सोमबार

    दमौली । एक नाबालिगले जबरजस्ती करणी अभियोगमा जाहेरी दिएपछि नायक पल शाहले गत वर्ष फागुन १५ गते जिल्ला प्रहरी कार्यालय तनहुँमा आत्मसमर्पण गरेका थिए । शाह आफै दमौली आएर प्रहरीमा आत्मसमपर्ण गरेका थिए ।

    शाह विरुद्ध फागुन ११ गते जाहेरी परेको थियो । तनहुँ प्रहरीले शाह विरुद्ध प्रमाण संकलन गरी सरकारी वकिल कार्यालयमा बुझाएको थियो । सरकारी वकिल कार्यालयले जबरजस्ती करणी अभियोगमा जिल्ला अदालतमा मुद्धा दायर गरेपछि अदालतले चैत १० गते शाहलाई पुर्पक्षका लागि थुनामा पठायो ।

    उनै नाबालिगले नवलपुर अदालतमा पनि शाह विरुद्ध जबरजस्ती करणीको मुद्धा दर्ता गरिन् । एकै प्रकृतिको मुद्धा दुवै अदालतमा चल्यो ।

    नवलपुर अदालतले शाहलाई जबरजस्ती करणीमा सफाइ दिँदै बाल यौन दुराचारमा साढे दुई वर्ष कैद र दश लाख क्षतिपूर्तिको फैसल् सुनायो भने तनहुँ अदालतले सफाई दियो ।

    नवलपुरको फैसला विरुद्ध शाहले उच्च अदालतमा पुनरावेदन गरे । उच्च अदालतबाट शाहले आइतबार सफाइ पाएका छन् ।

    ठिक एक वर्षपछि शाह सफाइ पाउँदै आज कारागारमुक्त हुँदैछन् । शाहले सफाइ पाएपछि विभिन्न कलाकारहरुले खुशी साटिरहेका छन् ।