नेपालले पीएनजीलाई ४ विकेटले हरायाे, लगातार ५ जितकाे कीर्तिमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नेपालले पीएनजीलाई ४ विकेटले हरायाे, लगातार ५ जितकाे कीर्तिमान

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७९, सोमबार

    काठमाडाै । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई ४ विकेटले हराएकाे छ ।

    पीएनजीले दिएकाे २ सय ४ रनकाे लक्ष्य नेपालले ४५ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायाे । नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए । यस्तै आसिफ शेखले ४४ र आसिफ शेखले ३३ रन बनाए । बलिङतर्फ पीएनजीका आसाद भालाले ३ विकेट लिए ।

    यसअघि दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेकाे पीएनजीले निर्धारित ५० ‌ओभरमा ९ विकेट गुमाएर २ सय ३ रन बनायाे । उसका आसाद भाला र चाद साेपरले समान ३६ रन बनाए ।बलिङतर्फ नेपालका गुलशन झाले ३ र कुशल मल्लले २ विकेट लिए । यस्तै साेमपाल कामी, करण केसी र प्रतिस जिसीले १/१ विकेट लिए ।

    नेपालले लिग–२ मा लगातार पाँचाैँ जित निकाल्दा एकदिवसीय क्रिकेटमा लगातार ५ जितकाे कीर्तिमान बनाएकाे छ । यसअघि घरेलु मैदानमा भएकाे भएकाे खेलमा नेपालले स्कटल्यान्ड र नामिबियालाई २/२ खेलमा हराएकाे थियाे ।

    याे जितपछि नेपाल २९ खेलमा २८ अङ्कका साथ तालिकाकाे छैटाैँ स्थानमा छ । पीएनजी २९ खेलमा ५ अङ्कका साथ तालिकाकाे पुछारमा छ ।