ओरालोतर्फ नेप्से, लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आर्थिक

    ओरालोतर्फ नेप्से, लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट

    खबरपुञ्ज संवाददाता

    १५ फाल्गुन २०७९, मंगलवार

    काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से झिनो अंकले ओरालोतर्फ लागेको छ । मंगलबार नेप्से परिसूचक ३.८१ अंकले घटेर २०१९.७३ विन्दुमा कायम भएको छ ।

    अघिल्लो दिन सोमबारमात्रै ३.६५ अंकले घटेको बजार २०२३.५४ बिन्दुमा पुगेको थियो ।

    त्यस्तै ३९ लाख ४६ हजार २४ कित्ता शेयरको खरिदबिक्री हुँदा बजारले १ अर्ब ३८ करोड ७८ लाख ६५ हजार ५१५ रुपैयाँ बराबरको कारोबार गरेको छ ।

    आजको कारोबारमा आधीखेला लघुवित्त वित्तीय संस्था, आदर्श लघुवित्त वित्तीय संस्था र खप्तड लघुवित्त वित्तीय संस्थाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

    मंगलबार युनिभर्सल पावर कम्पनीले ७ करोड ५५ लाख ११ हजार ५८४ रुपैयाँको कारोबार गरेर शीर्ष स्थान कायम गरेको छ ।