काठमाडौ । बाल यौन दुराचार मुद्धामा नवलपुर अदालतको फैसला विरुद्ध उच्च अदालतबाट सफाइ पाएपछि नायक पल शाह काठमाडौस्थित घर पुगेका छन् । मंगलबार घर पुगेपछि शाहले आफ्नो कारागार बसाई सुखमय भएको प्रतिक्रिया दिए ।
कारागारका आन्तरिक तथा बाह्य प्रशासनबाट सहयोग पाएको भन्दै उनले बसाइमा कठिनाई नभएको बताए । “चौकीदार बाले हामीलाई घरको छोरा जसरी पालेर राख्नुभयो,’ उनले भने, ‘मेरो रिहाइको कामना गर्ने सबैप्रति आभार व्यक्त गर्दछु ।’
उच्च अदालतबाट सफाइ पाएपछि शाह सोमबार तनहुँ कारागारबाट रिहा भएका थिए । उनी रिहा भएर एकदिन पोखरा बसेपछि मंगलबार काठमाडौ पुगेका हुन् ।