दुलेगौडा । अखिल क्रान्तिकारीले शुक्लागण्डकी नगरपालिका-५ स्थित भानुभक्त क्याम्पसको स्ववियु सभापतिमा विनिता भण्डारीलाई सिफारिस गरेको छ। आगामी चैत ५ गते हुने स्ववियु निर्वाचन अन्तर्गत क्याम्पसको सभापतिका लागि भण्डारीलाई सर्वसम्मत सिफारिस गरेको हो ।
स्ववियु निर्वाचनका लागि अखिल क्रान्तिकारीले प्रचारप्रसार तीव्र पारेको गण्डकी प्रदेश अध्यक्ष सुदिन पौडेलले जानकारी दिए ।
यसअघि दमौलीको आदिकवि भानुभक्त क्याम्पस र ऑबुखैरेनी क्याम्पसमा पनि क्रान्तिकारीले सभापति सिफारिस गरिसकेको छ।