भागेको मौरीलाई जब वाग्लेले यसरी समाते (फोटो/भिडिओ)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    भागेको मौरीलाई जब वाग्लेले यसरी समाते (फोटो/भिडिओ)

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७९, शुक्रबार

    दुलेगौडा । तनहुँको शुक्लागण्डकी नगरपालिका-१ थप्रेकका युवा कृषक सुरज वाग्लेले पालेका मौरी शुक्रबार दिउँसो घारबाटै भागे । घरदेखि दुई किलोमिटर टाढा जंगलमा पुगेका मौरी खोज्न वाग्ले त्यता लागे ।

    एकैठाउँमा झुरुप्प परेर बसेका १५ हजार मौरीलाई वाग्लेले छाती र घॉटीमा टॉसेर घर ल्याए । उनले छातीबाट मौरी झिक्दै पुन: घारमा हाले ।

    वाग्लेले यस्तो गरेको यो पहिलो पटक थिएन । बेला-बेलामा मौरी यसरी नै भाग्ने गरेका छन् र वाग्लेले पनि यसैगरी पुन: मौरी फिर्ता ल्याउने गरेका छन् ।

    प्रत्येक वर्ष फागुनदेखि जेठ र मंसिरमा मौरी छुट्टिने गर्छ । एउटा घारमा भएका मौरी दुई भाग लाग्छन्, त्यतिबेला मौरी उडेर जाने गरेको वाग्ले बताउँछन् । ‘अनि यसरी नै फेरि खोजेर ल्याउँछु, मौरी ल्याउने पनि विभिन्न तरिका हुन्छन्,’ वाग्लेले भने । मौरीसँग लामो समय संगत गरेकाले मौरीले आफूलाई नटोक्ने उनी बताउँछन् ।