एमालेले अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको उमेदवार बनाउने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    एमालेले अष्टलक्ष्मीलाई उपराष्ट्रपतिको उमेदवार बनाउने

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०७९, शनिबार

    काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई उपराष्ट्रपतिको उमेदवार बनाउने भएको छ । आज बसेको एमालेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उमेदवार बनाउने निर्णय गरेको हो । 

    बैठकले पुरुषलाई उठाउन खोज्ने कुरा संविधानको मर्म विपरित भएको ठहर गरेको एमाले नेता प्रदीप ज्ञवालीले जानकारी दिए । 

    उपराष्ट्रपतिको उमेदवारी मनोनयन आज हुँदै छ । उपराष्ट्रपति पदका लागि चैत ३ गते निर्वाचन हुँदै छ ।