सेती बुल्दी दोभान घाटमा राेटर्याक्ट दमौलीको सरसफाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    सेती बुल्दी दोभान घाटमा राेटर्याक्ट दमौलीको सरसफाई

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७९, आईतवार

    दमौली । रोटर्याक्ट क्लब अफ दमौलीले रोटा सप्ताह अन्तर्गत सेती बुल्दी दोभान दमौली घाटको सरसफाई गरेको छ । क्लबले आइतबार व्यास-३ मा रहेको घाट वरपर सरसफाई गरेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए ।

    सो कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहेका थिए । सो अवसरमा नगरप्रमुख न्यौपानेले घाट साबिको सांझा थलो भएकाले सरसफाई संगै व्यवस्थित गर्नुपर्ने बताए । उनले भने ‘नगरपालिकाले घाटमा पूर्वाधार निर्माण संगै व्यवस्थापनका लागी सहयोग गर्दै आएको छ । उनले अगाडी भने ‘घाट नजिक रहेका चौतारी पनि संरक्षण गर्नुपर्ने आवश्यक देखिको छ ।’

    उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्याले तनहुँले सहयोग गरेको कार्यक्रम संयोग रवि अधिकारीले जानकारी दिए ।

    कार्यक्रममा महिला उद्दमी संघ तनहुँकी अध्यक्ष निर्मला मल्ल, सेती बुल्दी दोभान दमौली घाट व्यवस्थापन समितिका अध्यक्षओम बहादुर थापा लगाएतले घाटको व्यवस्थापन र सरसफाईमा सबैको साथ् सहयोग हुनुपर्ने बताए ।

    क्लबले रोटा सप्ताह अन्तर्गत यसअघि शिक्षा सम्बन्धि इन्टरयाक्ट क्लबका विद्यार्थीलाई प्रशिक्षण, ब्यानर परिवर्तन, स्व.सचिन स्मृति रक्तदान लगाएतका कार्यक्रम गरिसकेको छ भने अब रोट्रयाक्ट दिवस र फुटसल कार्यक्रम बाँकी रहेको क्लबका अध्यक्ष श्रेष्ठले बताए ।