दमौली । तनहुँको व्यास नगरपालिका-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा विद्यार्थीले ताला लगाएका छन् ।
स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनका सन्दर्भमा विवाद भएपछि विद्यार्थीले आइतबार निर्वाचन समितिको कार्यालयमा तालाबन्दी गरेका हुन् ।
स्ववियु सभापति उम्मेदवार गौरव पन्थ र सुनिल मिश्र उपर दाबी विरोधमा क्याम्पसको तर्फबाट कुनै सुनुवाई नभएको विरोधमा नेकपा एस र विप्लव निकट विद्यार्थी संगठनले तालाबन्दी गरेका हुन् ।
अनेरास्ववियु र अखिल क्रान्तिकारीले दुवै जना विरुद्ध उजुरी दिएको थियो । स्ववियु सभापतिका उम्मेदवार गौरव पन्थले क्याम्पसमा भर्ना गर्दा मधेशी कोटा उल्लेख गरेको उजुरीमा उल्लेख छ ।
स्ववियु सभापति उम्मेदवार पन्थले भने सफ्टवेयरका कारण त्यस्तो त्रुटी हुन गएको बताएका छन्।