तनहुँ-१ मा नेकपा एकीकृत समाजवादीकाे हक छ : प्रतापलाल श्रेष्ठ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    तनहुँ-१ मा नेकपा एकीकृत समाजवादीकाे हक छ : प्रतापलाल श्रेष्ठ

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७९, आईतवार

    दमाैली । नेकपा एकीकृत समाजवादीका पाेलिटव्युराे सदस्य प्रतापलाल श्रेष्ठले तनहुँ-१ काे उपनिर्वाचनमा उक्त सिट आफ्नाे पार्टीले पाउनुपर्ने बताएका छन् । याे क्षेत्रबाट निर्वाचित सांसद रामचन्द्र पाैडेल राष्ट्रपतिमा निर्वाचित भएकाले खाली हुने उक्त सिटमा आफूहरुकाे हक लाग्ने बताए ।

    उनले भने, ‘माननीय रामचन्द्र पाैडेल राष्ट्रपति हुनु भई रिक्त भएकाे तनहुँकाे प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा काेही हकदार छ भने त्याे एकीकृत समाजवादी हाे ।’

    निर्वाचनका बेला पाेडेललाई जिताउन पार्टीका तर्फबाट उक्त क्षेत्रमा श्रेष्ठ खटिएका थिए ।