चितुवाको आक्रमणबाट दुई घाइते, चितुवा मृत फेला
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चितुवाको आक्रमणबाट दुई घाइते, चितुवा मृत फेला

    खबरपुञ्ज संवाददाता

    १ चैत्र २०७९, बुधबार

    पोखरा । कास्कीको पोखरा महानगरपालिका-१८ भकुण्डेमा चितुवाको आक्रमणबाट बुधबार दुई घाइते भएका छन् । स्थानीय ध्रुव थापा लगायत सात जनाले सञ्चालन गरेको तुल्सीकुञ्ज कालिज फार्ममा पसेको चितुवाको आक्रमणबाट फार्ममा काम गर्ने २८ वर्षीय श्रीकृष्ण मल्ल घाइते भएका हुन् ।

    त्यस्तै फार्मबाट निस्केको चितुवाको आक्रमणबाट ३२ वर्षीय राजेश तिमिल्सिना पनि घाइते भएको प्रहरीले जनाएको छ।

    चितुवाको आक्रमणबाट दुई वटा कालिज मरेको छ। घाइते दुवै जनाको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको छ।

    मानिसलाई आक्रमण गरी भागेको चितुवा जंगलमा मृत अवस्थामा फेला परेको छ । चितुवालाई डिभिजन वन कार्यालयको जिम्मा लगाइएको छ।