बन्दीपुरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    बन्दीपुरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७९, शुक्रबार

    दमौली । बन्दीपुर सहयोगी हातहरुको आयोजनामा बन्दीपुरका विभिन्न विद्यालयका विद्यार्थीका लागि झोला तथा शैक्षिक सामग्री वितरण  गरिएको छ । बिहीबार गाउँपालिकाको वडा नं. ५ बाहुन भन्ज्याङ स्थित त्रिभुवन आधारभूत विद्यालयका करिव ३६ जना विद्यार्थी तथा झारगाउँ स्थित झारगाउँ आधारभुत विद्यालयका २९ जना विद्यार्थीलाई सहयोग प्रदान गरेको छ । 

     वडा नं. ६ लखनबारी स्थित जनजागृती आधारभुत बिद्यालयका करिव  ३५ जना अध्ययनरत विद्यार्थीका लागि झोला तथा शैक्षिक सामग्री वितरण गरिएको बन्दीपुर सहयोगी हातहरुका अध्यक्ष मथुरा पियाले जानकारी दिए । 

     शुक्रबार वडा नं. १ भुँडाटार स्थित ज्योती प्रा.वि का करिव ३० जना विद्यार्थीलाई पनि तथा शैक्षिक सामग्री वितरण गरिने अध्यक्ष पियाले बताए ।

    शिक्षामा सबैको समान पहुँच पुगोस् भन्ने उद्धेश्यले विभिन्न संघ संस्थाहरुको  सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए । उनले शिक्षाको विकास नभई देशको विकास नहुने भन्दै समुदायलाई शिक्षित र जागरुक बनाएर अगाडी बढाउने जोड दिए । 

     वडा नं. ५ का अध्यक्ष धु्रव लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बन्दिपुर सहयोगी हातहरुका अध्यक्ष मथुरा पिया लगायत सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।