उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    उपराष्ट्रपतिमा जसपाका रामसहायप्रसाद यादव विजयी

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७९, शुक्रबार

    काठमाडाै । उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव विजयी बनेका छन्। उनले ३० हजार ३२८  मत प्राप्त गरेर उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।

    आजै सम्पन्न मतदानमा ३११ सङ्घीय सांसद र ५१८ प्रदेशसभा सदस्यले मतदान गरेका थिए। बिहान १० देखि सुरु भएको मतदान दिउँसो ३ बजेसम्म भएको थियो।

    नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से कक्षमा कायम गरिएका सङ्घीय सांसद र प्रदेशसभा सदस्यका लागि बेग्लाबेग्लै मतदान केन्द्रमा मतदान भएको थियो।

    नयाँ उपराष्ट्रपतिका लागि जनता समाजवादी पार्टी नेपालका रामसहायप्रसाद यादव, नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा) र जनमत पार्टीका ममता झाले उम्मेदवार दिएका थिए।

    निर्वाचनमा सङ्घीय संसद्का तीन सय ३२ सांसद र प्रदेशसभाका पाँच सय ५० प्रदेशसभा सदस्य मतदाता छन्। सङ्घीय संसद् सदस्यको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ कायम रहेको छ।

    राष्ट्रपतिको अनुपस्थितिमा राष्ट्रपतिबाट गरिने कार्य उपराष्ट्रपतिबाट सम्पादन गरिने संवैधानिक व्यवस्था छ। उपराष्ट्रपति मर्यादाका हिसाबले राज्यको दोस्रो माथिल्लो पद हो। नेपालको संविधानमा उपराष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने उल्लेख छ। यसैगरी दुईपटक उपराष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति उपराष्ट्रपतिको निर्वाचनमा उम्मेदवार हुन नसक्ने संवैधानिक प्रावधान छ।