हार्ने डरले तालाबन्दी गरियो : अखिल भानुभक्त कमिटी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • शुक्लागण्डकी

    हार्ने डरले तालाबन्दी गरियो : अखिल भानुभक्त कमिटी

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७९, शनिबार

    दमाैली । शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित भानुभक्त बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा हार्ने डरले नेपाल विद्यार्थी सङ्घको नेतृत्वमा तालाबन्दी भएको अनेरास्ववियु भानुभक्त कमिटीले आरोप लगाएको छ ।

    शनिबार विज्ञप्ती जारी अखिल भानुभक्त क्याम्पस कमिटीका अध्यक्ष सुरेश पौडेलले देशभर स्ववियु निर्वाचनको कार्यक्रम चलिरहेको बेला क्याम्पसमा स्ववियु निर्वाचनमा पराजित हुने डरले तालाबन्दी गरिनु दुःखद रहेको बतएका छन् ।

    विभिन्न संगठनका नाममा तालाबन्दी गर्दै स्ववियु निर्वाचन नगराउने षड्यन्त्रको अनेरास्ववियुले खेद प्रकट गरेको विज्ञप्तीमा जनाइएको छ ।

    No description available.