आदिकविमा इतिहासमै पहिलोपटक सहमतिमा स्ववियु नेतृत्व चयन, गौरव बने सभापति
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    आदिकविमा इतिहासमै पहिलोपटक सहमतिमा स्ववियु नेतृत्व चयन, गौरव बने सभापति

    खबरपुञ्ज संवाददाता

    ६ चैत्र २०७९, सोमबार

    दमाैली । व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसमा इतिहासमै पहिलो पटक सहमतिमा स्ववियु नेतृत्व चयन भएको छ । निर्वाचन प्रबन्ध समितिले निर्वाचन प्रक्रिया स्थगित गरेर सर्वसम्मतको प्रयास थालेको थियो । सोही बमोजिम सोमबार सहमतिमा स्ववियु नेतृत्व चयन गरिएको छ ।

    स्ववियु सभापतिमा नेविसङ्घका गौरव पन्थ चयन भएका छन् । त्यस्तै सचिवमा अनुप आले मगर, कोषाध्यक्षमा निर्दोष भट्टराई र खुल्ला सदस्यमा गणेश पोख्रेल, निलिमा थापा, अर्चनाकुमारी साह, सुस्मिता श्रेष्ठ, प्रमिशा शाही, प्रविन आले, राहुल नेपाली र शिव विश्वकर्मा चयन भएका छन् ।

    समानुपातिक सदस्यतर्फ सुमन खड्का, सागर पाण्डे, दिनेश विश्वकर्मा, सुनिल रानाभाट, कोपिला विक, सविन लामिछाने, अशोक रुचाल र निकिता बसेल नेपाली चयन भएको निर्वाचन प्रबन्ध समितिका संयोजक विजयराज खनालले जानकारी दिए ।

    सहमति अनुसार समानुपातिकर्फ सदस्य बनेका अनेरास्ववियुका सविन लामिछाने सहसचिव बन्नेछन् । सबै सङ्गठनकाे प्रतिनिधित्व हुने गरी स्ववियुकाे नयाँ नेतृत्व चयन गरिएकाे छ ।

    सर्वाधिकार सुरक्षित नोट ः यस खबरपुञ्ज डटकममा सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । यस अनलाइनमा प्रकाशित सामग्रीहरु हुबहु वा तोडमोड गरी प्रकाशित गरेको अवस्थामा प्रतिलिपि अधिकार ऐन २०५९ आकर्षित हुनेछ । अनाधिकृत तवरले प्रकाशन गरेको भेटिएमा कानूनी कारवाहीको प्रक्रिया थालिनेछ ।