ग्यास बोकेको ट्रक दुर्घटनामा तीनको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    ग्यास बोकेको ट्रक दुर्घटनामा तीनको मृत्यु

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७९, बुधबार

    काठमाडौ । दैलेखमा एलपी ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

    बुधबार बिहान पौने ९ बजे भे १ क २२०१ नम्बरको ट्रक दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिए।

    उनका अनुसार नेपालगञ्जबाट दैलेखका जान लागेको उक्त ट्रक गुराँस गाउँपालिका-४ तालपोखरी नजिकको घुम्तीबाट खसेको हो। ट्रक माथिल्लो घुम्तीबाट खसेर तल्लो घुम्तीमा पुगेको छ।

    दुर्घटनामा परी बाँकेका अन्दाजी ३१ वर्षीय चालक कृष्ण चौधरी, कामदारहरू विष्णु चौधरी र लक्षिराम चौधरीको घटनास्थलमै मृत्यु भएको छ। सहचालक प्रकाश कुमाई भने सकुशल छन्।

    ‘ट्रक रोकेपछि उनी ओट हाल्न निस्किएका रहेछन्, ओट हाल्न नपाउँदै ट्रक खसेछ,’ डिएसपी लम्सालले भने।

    सडकमै ट्रक खसेकाले ठूला सवारी साधनका लागि बाटो अवरूद्ध भएको छ। साना सवारी साधन मात्र पास भइरहेको उनले जानकारी दिए।