रोटर्‍याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स दमौलीमा हुँदै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    रोटर्‍याक्टको दोस्रो पिएस मिट र पेट्स सेट्स दमौलीमा हुँदै

    खबरपुञ्ज संवाददाता

    ७ चैत्र २०७९, बुधबार

    दमौली । तनहुँको दमौलीमा रोटर्‍याक्ट डिष्ट्रिक्ट ३२९२ को आयोजना तथा रोटर्‍याक्ट क्लब अफ दमौलीसहित अन्य रोटर्‍याक्ट क्लबको होस्टमा दोस्रो पिएस मिट र पेट्स सेट्स हुने भएको छ ।

    चैत ११ गते शनिबार जिल्लाको दमौलीमा उक्त कार्यक्रम गर्न लागेको रोटर्‍याक्ट क्लब अफ दमौलीका अध्यक्ष विशाल श्रेष्ठले जानकारी दिए । रोटर्‍याक्ट क्लब अफ दमौलीसहित रोटर्‍याक्ट क्लब अफ बज्र मनासलु, गोरखा र स्यम्बु भैसिपाटीले होस्ट गर्नेछन भने रोटर्‍याक्ट क्लब अफ भिमाद, मणिग्राम, कान्तिपुर र बिरगंज मेट्रोपोलिसले कार्यक्रमको को-होस्ट गर्ने छन ।

    कार्यक्रममा देशभरका १८० रोटर्‍याक्ट क्लबका अध्यक्ष, सचिव र आगामी वर्षका अध्यक्ष र सचिव सहित अन्य सदस्यहरु आउने कार्यक्रम संयोजक पवन सिंह कार्कीले जानकारी दिए । संयोजक कार्कीका अनुसार देशभरबाट करिब ७ सय बढीको उक्त कार्यक्रममा उपस्थिति रहनेछ ।

    आन्तरिक पर्यटन प्रवर्द्धन सहित दमौली र तनहुँका विभिन्न पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने समेत उक्त कार्यक्रमको उद्देश्य रहेकोे क्लबका सचिव किरण श्रेष्ठले जानकारी दिए । सो कार्यक्रममा करिब २० लाखको खर्च रहेको क्लबका अध्यक्ष विशाल श्रेष्ठले बताए । 
    कार्यक्रमको ९० प्रतिशत तयारी पूरा भएको कार्यक्रमका उपसंयोजक सुगतचन्द्र हड्खलेले जानकारी दिए ।