निवर्तमान मुख्यमन्त्रीले जॉदाजॉदै तनहुँका तीन संस्थालाई बॉडे तीन लाख
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देश

    निवर्तमान मुख्यमन्त्रीले जॉदाजॉदै तनहुँका तीन संस्थालाई बॉडे तीन लाख

    खबरपुञ्ज संवाददाता

    ८ चैत्र २०७९, बिहीबार

    पोखरा । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री कृष्णचन्द्र पोख्रेलले सरकारबाट बाहिरिदै गर्दा विभिन्न संस्थालाई अनावश्यक बजेट बॉडेको खुलासा भएको छ ।

    पोख्रेलले आर्थिक सहायताका नाममा पहुँचवालालाई लाखौँ रुपैयाँ वितरण गरेको पाइएको छ । राज्यकोषबाट यसरी लाखौँ रकम लैजानेमा सत्ता निकटका शुभेच्छुक संस्थाहरू छन् । उनीहरूले कार्यक्रममा सहभागी हुन जाँदाको यातायात खर्चदेखि तिजमा दर खाने कार्यक्रमका लागि भनेर राज्यकोषबाट रकम लिएको पाइएको छ ।

    सरकारले संघसंस्थाहरूलाई रकम दिँदा आर्थिक सहायतासम्बन्धी कार्यविधि, २०७६ अनुसार उपलब्ध गराउनुपर्छ । तर, कार्यविधिमा उल्लेखित उद्देश्यबाहेक पनि सरकारले निकटताका आधारमा चालु आर्थिक वर्षमा मात्रै ६६ लाख रुपैयाँ बाँडेको हो ।

    गत मंसिरमा निर्वाचन सकिएर नयाँ सरकार बन्ने समयावधिभित्र तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले १० दिनको फरकमा ६६ लाख रुपैयाँ वितरण गरेको पाइएको हो ।

    मंसिर ४ गते प्रदेशसभा निर्वाचन भएपछि गण्डकीमा पुस २५ गतेमात्रै सरकार गठन भएको थियो । मुख्यमन्त्री पोखरेलले सरकार गठन हुनुभन्दा अगाडि नै मंसिर १९ गते ३२ लाख ३० हजार रुपैयाँ वितरण गर्ने निर्णय गरेका थिए । त्यसको १० दिन पनि नहुँदै मंसिर २७ गते उनले पुनः ३३ लाख ३० हजार रकम वितरणको निर्णय गरेका थिए ।

    तनहुँका तीन संस्थालाई एक/एक लाख

    सो बमोजिम तनहुँका तीन संस्थाले तीन लाख बुझेका छन् । परिवर्तनका लागि मिडिया व्यास-२ लाई एक लाख, ग्रामीण शसक्तीकरण समाज व्यास-४ लाई एक लाख र भन्सार युवा परिवार एक लाखलाई वितरण गरिएको छ । (स्रोत : बाह्रखरी)