दमौली । तनहुँ-१ को उपनिर्वाचनका लागि उम्मेदवार बन्न नेपाली कांग्रेसमा शुक्रबार छ जनाले दरखास्त दिएका छन्। तनहुँ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य क्षेत्रीय कार्यसमितिले आवेदन मागेको पहिलो दिन छ जनाले दरखास्त हालेका हुन् ।
क्षेत्रीय सचिव दयानिधी नरालका अनुसार पूर्व सभापति रघुनाथ पौडेल, केन्द्रीय सदस्य गोविन्द भट्टराई, महाधिवेशन प्रतिनिधि रामचन्द्र अधिकारी, दिपक भट्टराई, लक्ष्मी आचार्य र ऑबुखैरेनी सभापति विष्णु पन्तले दरखास्त दिएका छन् ।
उम्मेदवार आंकाक्षीसँग ६ हजार शुल्क लिइएको छ। शनिबार पनि आकांक्षीले दरखास्त दिन सक्नेछन्। क्षेत्रीय समितिले चैत १५ भित्र उम्मेदवारको नामावली प्रदेशमा सिफारिस गर्नेछ ।
तनहुँ-१ का सांसद रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएसँगै यो क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो । चैत २० गते उम्मेदवारी दर्ताको कार्यतालिका छ ।