लियो क्लव तनहुँको इतिहासमा पहिलो पटक महिलाको नेतृत्व, बसन्ती बनिन् अध्यक्ष
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    लियो क्लव तनहुँको इतिहासमा पहिलो पटक महिलाको नेतृत्व, बसन्ती बनिन् अध्यक्ष

    खबरपुञ्ज संवाददाता

    ९ चैत्र २०७९, शुक्रबार

    दमौली । लियो क्लव अफ तनहुँको अध्यक्षमा बसन्ती थापा मगर चयन भएकी छन्। क्लवको शुक्रबार सम्पन्न अधिवेशनबाट वर्ष २०२३/२४ को अध्यक्षमा थापा चयन भएकी हुन् ।

    उनी लियो क्लव तनहुँको इतिहासमा पहिलो महिला अध्यक्ष बन्न सफल भएकी छन् ।

    क्लवको प्रथम उपाध्यक्षमा सागर घिमिरे, द्वितीय उपाध्यक्षमा रुविन श्रेष्ठ, तृतीय उपाध्यक्षमा आकाश खनाल, सचिवमा दूध बहादुर थापा, सहसचिवमा मुकेश विडारी र कोषाध्यक्षमा राम श्रेष्ठ चयन भएका छन् ।

    सदस्यहरु पछि चयन गरिने क्लवका २०२२/२३ का अध्यक्ष सुदिप गफ्फारले जानकारी दिए ।

    स्ववियुमा विजयीलाई सम्मान

    यसैबीच क्लवले व्यास-१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसको स्ववियु निर्वाचनमा विजयीहरुलाई सम्मान गरेको छ। स्ववियु सभापति गौरव पन्थ, सहसचिव सविन लामिछाने र सदस्यहरु प्रमिशा शाही ठकुरी, प्रविण आले र अर्चना साहलाई सम्मान गरिएको छ ।