तनहुँ-१ मा एमालेको उम्मेदवार को ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ-१ मा एमालेको उम्मेदवार को ?

    खबरपुञ्ज संवाददाता

    १४ चैत्र २०७९, बुधबार

    दमौली । तनहुँ क्षेत्र नम्बर १ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ताको दिन आउन अब पॉच दिनमात्रै बॉकी छ । नेपाली कांग्रेस उम्मेदवार छनोटमा जुटिसकेको अवस्थामा एमालेमा भने उम्मेदवार को बन्छ भन्ने चासो व्यापक छ ।

    कांग्रेस तनहुँले १२ उम्मेदवारको नामावली प्रदेश समिति समक्ष सिफारिस गरिसकेको छ ।

    एमालेमा किरण गुरुङ, सर्वेन्द्र खनाल, मोहनकुमार विक लगायतको नाम चर्चामा छ । पूर्वमन्त्री गुरुङले निर्वाचन क्षेत्र छाडेर तनहुँ-१ मा उम्मेदवार बन्ने चर्चा पनि चुलिएको छ। ‘एमालेमा को उम्मेदवार बन्ने भन्ने टुंगिसकेको छैन,’ एमालेका एक पदाधिकारीले भने, ‘एक/दुई दिनमै उम्मेदवार टुंगो लाग्छ ।’

    एमालेका अनुसार उम्मेदवारी छनोटका लागि बिहीबार आकांक्षीसँग आवेदन माग गरेको छ । एमालेले एक महिला र दुई पुरुषको नामावली प्रदेश कमिटीमा सिफारिस गर्नेछ ।