काठमाडौं । कांग्रेस नेता तथा अर्थशास्त्री स्वर्णिम वाग्लेलाई राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचनमा उम्मेदवार बनाउने प्रस्ताव गरेपछि दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा उनलाई रोक्न सक्रिय भएका छन् ।
तनहुँ १ मा हुने उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले वाग्लेलाई उम्मेदवार बन्न प्रस्ताव गरेको सूचना बाहिरिएपछि दुई महामन्त्री उनलाई रोक्ने प्रयासमा छन् ।
उहाँहरुले भर्खरै बैठक गर्नुभयो, स्वर्णिमजीलाई सानेपा बोलाउनुभएको थियो, तर उहाँ मान्नुभएन’, कांग्रेस केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘सम्भवतः एकै छिनमा कुनै अर्को ठाउँमा बसेर कुरा गर्नु हुन्छ ।’