तनहुँ १ उपनिर्वाचन : उम्मेदवार उपर उजुरी दिन सकिने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ उपनिर्वाचन : उम्मेदवार उपर उजुरी दिन सकिने

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७९, मंगलवार

    दमौली । तनहुँ-१ को उपनिर्वाचन अन्तर्गत सोमबार उम्मेदवारी दर्ता गराएका उम्मेदवार उपर आज मंगलबार उजुरी दिने कार्यतालिका रहेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार उपर उजुरी दिन सकिने जनाइएको छ ।

    मङ्गलबार बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारका विरोधमा उजुरी दिन सकिने आयोगले जनाएको छ । तनहुँ-१ को उपनिर्वाचनका लागि नौ जनाको उम्मेदवारी दर्ता भएको छ ।

    बुधबार अपराह्न ५ बजेसम्म मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने र सोही दिन साँझ ६ बजेभित्र उम्मेदवारको नामावली प्रकाशित गर्ने, चैत २३ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।