तनहुँ १ का उम्मेदवार विरुद्ध परेन उजुरी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ १ का उम्मेदवार विरुद्ध परेन उजुरी

    खबरपुञ्ज संवाददाता

    २० चैत्र २०७९, मंगलवार

    दमौली । तनहुँ-१ मा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवार विरुद्ध उजुरी नपरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

    उम्मेदवार उपर आज मंगलबार उजुरी दिन सकिने कार्यतालिका रहेकामा कसै विरुद्ध पनि उजुरी नपरेको सहायक निर्वाचन अधिकृत मीनबहादुर कुंवरले जानकारी दिए ।

    आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ–१ को प्रतिनिधिसभा सदस्यमा नौ जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट गोविन्द भट्टराई, नेकपा (एमाले) बाट सर्वेन्द्र खनाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट डा स्वर्णिम वाग्ले, राप्रपाबाट शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीबाट रामप्रसाद प्रजापति, राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर राना, मङ्गोल नेशनल अर्गनाइजेशनबाट प्रेमबहादुर थापा, नेकपा समाजवादीबाट गणेश श्रेष्ठ, नागरिक उन्मुक्ति पार्टीबाट भीमबहादुर सुनारले उम्मेदवारी दर्ता गराएका छन् ।

    कार्यतालिका अनुसार चैत २३ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिने तथा अपराह्न ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ । अन्तिम नामावली प्रकाशित भएपछि उम्मेदवारले निर्वाचन चिह्न पाउनेछन् । आगामी वैशाख १० गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ ।