


दमौली । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ-१ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले प्रसिद्ध धार्मिकस्थल छाब्दीवाराही मन्दिरमा पूजा गरेर चुनावी अभियान सुरु गरेका छन् ।
उनले मंगलबार व्यास-१४ छाब्दीवाराही मन्दिरमा पूजाआजा गरेर चुनावी अभियान सुरु गरेका हुन् । उनले छाब्दीका स्थानीय मतदातासँग भेट गर्दै देश र जिल्लाका लागि केही गर्ने सोच बोकेर आएकाले सहयोग गर्न आग्रह गरे । स्थानीयले डा. वाग्लेलाई जितको शुभकामना दिएका थिए ।