तनहुँमा चुनावी अभियान सुरु : गोविन्द काठमाडौमा, सर्वेन्द्र र स्वर्णिम गाउँमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँमा चुनावी अभियान सुरु : गोविन्द काठमाडौमा, सर्वेन्द्र र स्वर्णिम गाउँमा

    खबरपुञ्ज संवाददाता

    २१ चैत्र २०७९, बुधबार

    दमौली । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ-१ मा चुनावी अभियान सुरु भएको छ । सोमबार उम्मेदवारी दर्ता गराएलगत्तै उम्मेदवार चुनावी अभियानमा केन्द्रित हुन थालेका छन् ।

    कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले मंगलबार दमौलीमा सम्पर्क कार्यालय खोलेका छन् । भट्टराई मंगलबार नै ऑबुखैरेनीका विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी भएर काठमाडौ पुगेका छन् । भट्टराईले मंगलबार नै दमौलीमा पत्रकार भेटघाट गरेका थिए ।

    उनले बुधबार बिहान नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । उनको सचिवालयले नेपालसँग भेट गरेको तस्वीर सार्वजनिक गरेको छ । उनी बुधबार नै दमौली फर्किने बताइएको छ ।

    नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल मंगलबार बन्दीपुर र व्यास नगरपालिकाका विभिन्न वडामा पुगेर मतदाता भेटिरहेका छन् । खनाल बुधबार बिहान दमौलीमा पत्रकार भेटघाट गरी ऑबुखैरेनीका विभिन्न वडामा पुगेका छन् ।

    यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा. स्वर्णिम वाग्ले मंगलबार व्यास-१४ छाब्दी, दमौली बजार लगायतका ठाउँमा मतदाता भेट्न व्यस्त रहे । उनले बुधबार भानु नगरपालिकाका वडामा मतदाता भेटेका छन् ।