दमाैली । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ पावरहाउस नजिक बसको ठक्करबाट साेमबार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् ।
मुग्लिनबाट पोखरातर्फ आउँदै गरेको ग १ ख ९४०२ नम्बरको बसले विपरित दिशाबाट जाँदै गरेको ग २२ प ९८२६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
मृत्यु हुनेमा लमजुङको दूधपोखरी गाउँपालिका–५ बस्ने ३० वर्षीय सन्तोष गुरुङ रहेको प्रहरी नायब उपरिक्षक मोहनबहादुर खाँणले जानकारी दिए। दुर्घटनामा मोटरसाइकलमा सवार सोही ठाउँका ३५ वर्षीय भिमसेन गुरुङ घाइते भएका छन् । दुर्घटनामा घाइते मोटरसाइकल चालक सन्तोषको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते भिमसेनको सोही अस्पतालमा उपचार भइरहेको छ ।
बस र बस चालक प्रहरी नियन्त्रणमा रहेको प्रहरीले जानकारी दिएको छ ।