विकासको सपना पूरा गर्न जनताबाट अनुमोदित हुन चाहन्छु : गोविन्द भट्टराई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    विकासको सपना पूरा गर्न जनताबाट अनुमोदित हुन चाहन्छु : गोविन्द भट्टराई

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०७९, मंगलवार

    दमौली । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं तनहुँ-१ प्रतिनिधिसभा सदस्य उम्मेदवार गोविन्द भट्टराईले विकासका योजना साकार पार्न जनताबाट अनुमोदित हुन चाहेको बताएका छन् ।

    जिल्लाका विभिन्न ठाउँमा मतदातासँग भेट गर्दै भट्टराईले पदमा नहुँदा पनि विकासका लागि क्रियाशील रहँदै आएको उल्लेख गरे ।

    उनले यो क्षेत्रमा ६० भन्दा बढी खानेपानी योजना ल्याएको दावी गरे। ‘तनहुँमा पानीको तिर्खा मेटाउने हुटहुटि थियो। तपाईं हामीले सँगै प्यास मेट्ने सपना देख्यौँ। त्यो सपना पूरा गर्न दिनरात नभनी काम गरेँ,’ उनले भने, ‘कुवा खोज्न कतिपटक जंगल चहारेँ। योजना स्वीकृत गर्न सयौँ पटक मन्त्रालय चहारेँ । धेरै मेहेनतले, यो क्षेत्रमा ६० भन्दा बढि खानेपानी योजना ल्याएँ। तर, तनहुँको तिर्खा मेटिएको छैन्।’

    भट्टराईले देखेका थुप्रै सपना साकार पार्नु छ भन्दै हाम्रा मुद्दालाई केन्द्रसम्म पुर्‍याउने अवसर रहेको बताए । ‘यस पटक मलाई हजुरहरूको साथको सबै भन्दा धेरै खाँचो छ। सधैँ जस्तो माया पाउने छु भन्ने विश्वास पनि छ,’ उनले भने।