दमाैली । तनहुँको देवघाट गाउँपालिकास्थित कोटाका स्थानीयले नेकपा एमालेले नजितेसम्म यो क्षेत्रको विकास सम्भव नरहेको बताएका छन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल कोटा पुग्दा त्यहाँका स्थानीयले त्यस्तो बताएका हुन् ।
एकचोटी बाहेक सबै पटक यो क्षेत्रमा नेपाली कांग्रेसले जितेको बताउँदै उनीहरुले कोटा विकासमा पछाडि परेको स्थानीयको गुनासो छ । उनीहरुले यसपटक एमालेलाई विजयी गराउने घोषणा समेत गरे ।
सोअवसरमा उम्मेदवार खनालले विकासमा पछाडि परेको कोटालाई विशेष प्राथमिकतामा राखेर योजना सञ्चालन गर्ने प्रतिबद्धता जनाए । उनले गाउँमै रोजगारीको अवसर सिर्जना गरी युवालाई विदेशिन बाध्य हुने अवस्थाको अन्त्य गरिने बताए ।
उनले भने, “रोजगार नै नभई बाध्य भएर विदेश जाने अवस्थाको अन्त्य गरिनुपर्छ । त्यसतर्फ हामी योजनाबद्ध भएर लाग्छौ ।” एमालेको सरकारले वृद्धवृद्धालाई वृद्धभत्ता दिएको बताउँदै खनालले वृद्धवृद्धालाई लक्षित गरी अब गाउँमै चौतारा, पार्क, बगंैचा निर्माण गरिने उल्लेख गरे ।