अडियो प्रकरणमा दोषी देखिए सांसद श्रेष्ठमाथि कारवाही हुन्छ : डा. वाग्ले
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    अडियो प्रकरणमा दोषी देखिए सांसद श्रेष्ठमाथि कारवाही हुन्छ : डा. वाग्ले

    खबरपुञ्ज संवाददाता

    २७ चैत्र २०७९, मंगलवार

    दमाैली । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. स्वर्णिम वाग्लेले अडियो प्रकरणमा सांसद ढाकाकुमार श्रेष्ठ दोषी देखिए उनीमाथि कारवाही हुने बताएका छन् ।

    चुनावी प्रचारका क्रममा तनहुँको भानु नगरपालिका पुगेका वाग्लेले पार्टीमा सबैखालको प्रवृत्ति भएका व्यक्ति हुने भन्दै खराब पात्रहरुलाई कारवाही हुने प्रष्टीकरण दिए । उनले भने, “नयाँ पार्टी हो । पार्टीमा नयाँ नयाँ मान्छे आउँछन्, राम्रो सम्भावना भएकाहरु पार्टीमा रहन्छन् । केही पात्र खराब पनि आउन सक्छन् । खराब पात्रहरुलाई कारवाही हुन्छ ।”

    यो पार्टी विधिको शासनमा विश्वास गर्ने पार्टी भएको भन्दै वाग्लेले रास्वपा लोकतान्त्रिक दल भएकाले उक्त अडिओ काण्डबारे छानबिन भइरहेको उल्लेख गरे । उनले भने, “दोषीमाथि आरोप लागेकाले स्पष्टीकरण लिने काम भएको छ । उहाँको गल्ती देखिए कारवाही हुन्छ ।”

    डा. वाग्लेले उपनिर्वाचनमा तनहुँबाट आफू, चितवन २ बाट रवि लामिछाने र बारा २ बाट रमेश खरेलले जितेपछि राजनीतिक कोर्स नै कोल्टे फेराउने प्रयास गरिने बताए । नेपालको संसदले कसरी काम गर्नुपर्छ भन्ने कुरा अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले देखाइरहेको डा. वाग्लेको जिकिर थियो ।