दमौली । नयॉ वर्षको दिनदेखि प्रदर्शनमा आएको नेपाली चलचित्र ‘जारी’ ले दमौलीमा राम्रो ओपनिङ गरेको छ । शुक्रबारदेखि प्रदर्शनमा आएको उपेन्द्र सुब्बा निर्देशित उक्त चलचित्र आजका सातवटै शो हाउसफूल भएको छ ।
दमौलीको एपेक्स मलस्थित क्युएफएक्समा बिहान ९ बजेदेखि राति ८:३० सम्मकै शोको टिकट विक्री भइसकेको छ।यो चलचित्रले आक्रामक व्यापार गर्ने देखिएको छ।
चलचित्रमा दयाहाङ राई, मिरुना मगर, रोयदीप श्रेष्ठ, रेखा लिम्बु, प्रेम सुब्बा, विजय बराल, अनिल सुब्बा, पुष्कर गुरुङ र कमलमणि नेपाल लगाययतको अभिनय रहेको छ । चलचित्र लिम्बु समुदायमा विद्यमान जारी प्रथा र त्यसको सामाजिक आयामको कथा वस्तुमाथि निर्माण भएको छ ।