दमौली । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका लागि अब दश दिनमात्रै बॉकी छ । तनहुँ-१ प्रतिनिधिसभा सदस्य उम्मेदवारहरु यतिबेला घरदैलोमा व्यस्त छन् ।
नेकपा एमालेका तर्फबाट उम्मेदवार बनेका सर्वेन्द्र खनाल पनि यतिबेला आफ्ना योजना लिएर मतदाता सामु पुगिरहेका छन् । पूर्व महानिरीक्षक खनाल जन्मभूमिका जनताका सेवाका लागि चुनावी मैदानमा होमिएको बताइरहेका छन् ।
खनाल नयॉ वर्षका दिन शुक्रबार भानु नगरपालिकाका विभिन्न वडामा पुगेका छन् । भानु-९ चितीखोलामा पुगेर खनालले त्यहॉका जनताको चासो, गुनासो सुनिरहेका छन् ।
तनहुँवासीको छाती गर्वले फूल्ने गरी आफूले काम गर्ने बताउँदै खनालले जनताका हरेक समस्या सम्बोधनका लागि आफू सदैव लाग्ने प्रतिबद्धता जनाएका छन् ।