तनहुँ क्षेत्र नं १ का गाउँ-गाउँमा ‘घण्टी’ क्रेज
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    तनहुँ क्षेत्र नं १ का गाउँ-गाउँमा ‘घण्टी’ क्रेज

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०७९, शुक्रबार

    दमौली । यतिबेला देशका तीन क्षेत्रमा चुनावी रौनक बढेको छ । बारा क्षेत्र न २ , चितवन क्षेत्र नं २ र तनहुँ क्षेत्र नं १ मा चुनाव लागेको छ ।

    गाउँ गाउँमा चिया पसलदेखि चोक गल्लिमा चुनावी गफ नै बढि हुने गरेको छ । तनहुँ क्षेत्र नं १ मा पनि चुनावी सरगर्मी ह्वात्तै बढेको देखिन्छ । 
    नयाँ दलको रुपमा अगाडि आएको राष्ट्रिय स्वतन्त्र पार्टीको क्रेज तनहुँमा पनि बढ्दो छ ।

    बिहीबार पार्टी सभापति रबि लामिछाने र उम्मेदवार डा.स्वर्णिम वाग्ले भानु नगरपालिका क्षेत्रका बिभिन्न स्थानहरु तुरतुरे , बाइसजाँगर , पोखरीछाप , नारेश्वरटार , चन्द्रावती , सेपाबगैचा लगायतका स्थानमा आयोजित कोणसभामा घण्टीको क्रेज देखिएको थियो ।

    रवि लामिछाने र उम्मेदवार स्वर्णिम वाग्ले आउने थाहा पाए पछि आफ्नो घर अगाडि तामाका घडामा पानी र फूल राखेर स्वागतको लाि तयारी गरेका थिए भने दिउसै देखि हातमा फूल बोकेर स्थानीय आमा दिदी बहिनिहरु बसिरहेको दृष्य देख्न सकिन्थ्यो ।

    आफ्नो क्षेत्रले पहिलो पटक राम्रो उम्मेदवार पाएको र एकपटक हेर्ने भन्दै टाढा टाढा बाट हिडेर आएका व्यक्तिहरु पनि देखिएका थिए । रबि लामिछाने नेतृत्वको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी प्रति जनताले आश गरेको देखिएको दावी गरिएको छ । रातको ८ बजे पनि सयौको संख्यामा स्थानियबासीहरु जम्मा भएर बसेको दृष्य देखिन्थ्यो ।