दमाैली आएर काङ्ग्रेस उपसभापति धनराजले भने – गाेविन्द सुन हुन् अरु पित्तल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आम निर्वाचन २०७९

    दमाैली आएर काङ्ग्रेस उपसभापति धनराजले भने – गाेविन्द सुन हुन् अरु पित्तल

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०८०, शनिबार

    दमाैली । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार गोविन्द भट्टराईसँग अन्यको तुलना हुन नसक्ने बताएका छन्। भट्टराईले जेल बसेको, पार्टीको पदमा आफ्नो जिम्मेवारी कुशलतापूर्वक हाँकेको, त्यागी, निस्कङ्क व्यक्ति भएकोले जनताले मत दिनुपर्ने गुरुङले बताए ।

    तनहुँ लोकतन्त्र तथा विकास समाजले शनिबार दमौलीमा आयोजना गरेको ‘‘तनहुँ समग्र विकास र आसन्न उपनिर्वाचन विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । ‘गोविन्द सुन हुनुहुनुहुन्छ,राजनीति र विकासमा कुनै योगदान नभएका जेल नबसेका उम्मेदवार पित्तल हुन्’ गुरुङले भने।

    ‘‘गोविन्द भट्टराई जनतालाई स्वतन्त्रता प्रदान गर्न र विकास गर्नको लागि जेल परेको नेता हो कुखुरा चोरेर जेल बसेको व्यक्ति हैन’’ उपसभापति गुरुङले भने, ‘गोविन्द र अन्य उम्मेदवारमा आकाश र जमिनको फरक छ ।’