दमौली । वैशाख १० गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेस तनहुँले पनि चुनावी सभा गर्ने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार दमौलीमा चुनावी सभा गरेपश्चात् कांग्रेसले पनि सोही ठाउँमा सभा गर्न लागेको हो ।
कांग्रेसले दुवै निर्वाचन क्षेत्रबाट कार्यकर्ता सहभागी हुन अपिल गरेको छ । उक्त सभामा कांग्रेस महामन्त्री गगनकुमार थापा, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।